(प्रथम पटक प्रकाशित : २०८२/०९/१७ गते)
प्रस्तुत विषयमा शिक्षा विकास तथा समन्वय एकाइ, काठमाडौँको चलानी नं १२०६, मिति २०८२/०९/१६ गतेको प्राप्त अनुमति, का.म.पा. शिक्षा विभागको च.नं. १०८२, मिति २०८२/०९/१४ गतेको अनुमतिका लागि सिफारिस पत्र तथा यस विद्यालयको वि.व्य.स.को मिति २०८२/०९/०८ गतेको बैठकको निर्णय अनुसार यस विद्यालयमा रिक्त रहेको मा.वि. तृतीय श्रेणी, विज्ञान विषयको दरबन्दिमा करार शिक्षक पदपूर्ति गर्न शिक्षा नियमावली २०५९ (संशोधित) बमोजिम योग्यता पुगेका उम्मेदवारबाट दरखास्त आह्वान गरिन्छ ।
नोट: करार सूचीमा रहेका शिक्षकहरूले आजको मितिले ७ दिन भित्र दरखास्त पेश गर्नुभएमा योग्यताक्रम अनुसार नियुक्ति गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।
१) विज्ञापन नं : ०४ / २०८२/८३ २)
२) तह : मा.वि (तृतीय) ३)
३) संख्या : १ (एक) ४)
४) शैक्षिक योग्यता : विज्ञान विषयमा स्नातक वा सो सरह
५) उमेर : १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
६) दरखास्त दस्तुर : १,५०० (एक हजार पाँच सय मात्र) ७)
७) तलब स्केल : नेपाल सरकारले तोके बमोजिम
८) दरखास्त दिने मिति : २०८२/०९/१७ गतेदेखि २०८२/१०/०१ गतेसम्म
९) दरखास्त बुझाउने समय : कार्यालय समय भित्र
१०) सम्पर्क मिति : पछि तोकिनेछ ।
११) आवश्यक कागजात :
- क) हस्तलिखित निवेदन
- ख) नेपाली नागरिकको प्रमाणित प्रतिलिपि थान १
- ग) शैक्षिक प्रमाणपत्रको प्रतिलिपि थान १
- घ) अध्यापन अनुमति पत्रको प्रतिलिपि थान १
- ङ) व्यक्तिगत विवरण